१० वर्ष र १५ वर्ष सेवाप्रवाह गरेका कर्मचारीलाई सिटिजन्स बैंकको दीर्घ सेवा सम्मान
काठमाण्डौ । १८ वर्ष अघि २०६४ साल वैशाख ७ गते जम्मा ४३ जना कर्मचारी बाट विधिवत बैंकिङ सेवा सुरु गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवाप्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको छ । आज (चैत्र १) गते बैंकले कर्मचारीको दिनको रुपमा मनाउँदै आएको छ । बैंकले १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गर्न लागेको सुखद उपलक्ष्यमा एक महिने...