अब बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकको पूर्वस्वीकृति बिना महानगरपालिकाभित्र रहेका शाखा समायोजन गर्नसक्ने
काठमाण्डौ । अब बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति बिना स्वयम्ले निर्णय गरी महानगरपालिका भित्र रहेका शाखा समायोजन गर्न सक्ने भएका छन् । केन्द्रीय बैंकले इजाजतपत्र प्राप्त ‘क’‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएका एकिकृत निर्देशन २०८१ मा संशोधन गर्दै महानगरपालिका भित्र रहेका शाखा समायोजन गर्ने विषयमा लचिलो व्यवस्था गरेको हो ।तर...

