सरकारको नयाँ व्यवस्था: घरजग्गा कारोबारमा केवाईसी र बैंक स्टेटमेन्ट अनिवार्य नहुने
काठमाण्डौ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोकथामसम्बन्धी निर्देशनमा भएको व्यापक विरोधपछि सरकारले निर्देशनमा संशोधन गर्दै विवादास्पद प्रावधानहरू हटाएको छ। अबदेखि घरजग्गा खरिद–बिक्री गर्दा न खरिदकर्ताले बैंक स्टेटमेन्ट पेश गर्नुपर्नेछ, न विक्रेताले केवाईसी फाराम अनिवार्य रूपमा भर्नुपर्नेछ।