यी हुन् साताका टप १० कम्पनी, हाइड्रो समूहका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाण्डौ । यो साता चार कारोबार दिनमा तीन दिन सेयरबजार बढ्यो भने एक दिन घट्यो । नेप्से परिसूचक यो साता ९६.५३ अंक वा ३.८६ प्रतिशतले बढेर २६००.३८ विन्दुमा पुगेर बन्द भयो । यो साता सबैभन्दा बढी मंगलबार ६२.३० अंकको वृद्धि भएको थियो । जुन दिन ४ अर्ब ५७ करोड रुपैयाामाथिको सेयर कारोबार भएको थियो । यो हप्ताभरि कुल कारोबार रकम २० अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

