काठमाण्डौ । होटल सब्रिना लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले ४७ करोड ४ लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ४७ लाख ४ हजार कित्ता आईपीओ निष्कासनको स्वीकृतीका लागि मंसिर १६ गते आवेदन पेश गरेको हो ।
सेबोनबाट अनुमति पाएसँगै कम्पनीले आम सर्वसाधारणमा आईपीओ ल्याउने छ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा भने कम्पनीले एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

