Bizshala
  • आईतवार, चैत्र १५,२०८२ 01:56:38
सुपरमाई हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

सुपरमाई हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले यही फागुन १३ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीले घोषणा गरेको लाभांश पाउन र साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

शिवम् सिमेन्टसद्वारा २.५% बोनस सेयर हितग्राही खातामा जम्मा
Capital Market

शिवम् सिमेन्टसद्वारा २.५% बोनस सेयर हितग्राही खातामा जम्मा

काठमाण्डौ । शिवम् सिमेन्टस् लिमिटेडले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको २.५ प्रतिशत बोनस सेयर हितग्राही खातामा जम्मा गरेको जनाएको छ। कम्पनीको गत मंसिर २५ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबाट उक्त बोनस सेयर पारित भएको थियो ।कम्पनीका अनुसार साधारण सभा प्रयोजनार्थ सेयरधनी दर्ता पुस्तिका बन्द हुँदाका बखत अभौतिक (डिम्याट) रुपमा सेयरधारण गरेका सेयरधनीहरुको...

आईपीओको प्रस्ताव पारित गर्न डाकिएको जय अम्बे स्टिल्सको साधारण सभा स्थगित
Capital Market

आईपीओको प्रस्ताव पारित गर्न डाकिएको जय अम्बे स्टिल्सको साधारण सभा स्थगित

काठमाण्डौ । आईपीओको प्रस्ताव पारित गर्न डाकिएको जय अम्बे स्टिल्स लिमिटेडको साधारण सभा स्थगित भएको छ । फागुन १४ गते ललितपुरमा रहेको होटल हिमालयमा बिहान साढे ११ बजेदेखि आयोजना गर्ने तय भएको कम्पनीको साधारण सभा विविध कारणले आयोजना हुन नसक्ने भएकाले अर्को सूचना प्रकाशित नहुन्जेलका लागि स्थगित गर्नु परेको कम्पनीले जनाएको छ ।

नारायणी डेभलपमेन्ट बैंकको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने
Capital Market

नारायणी डेभलपमेन्ट बैंकको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको नक्सालमा रहेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा बिहान ९ बजे खोलिने छ ।  

सगरमाथा जलविद्युतको ७२.९३ लाख कित्ता सेयरको लक इन अवधि चैतमा समाप्त हुने
Capital Market

सगरमाथा जलविद्युतको ७२.९३ लाख कित्ता सेयरको लक इन अवधि चैतमा समाप्त हुने

काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको लक इन अवधि आगामी चैत महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ७२ लाख ९३ हजार ७८४ कित्ता सेयरको लक इन अवधि चैत १६ गते समाप्त हुन लागेको हो ।

पाल्पा सिमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिने
Capital Market

पाल्पा सिमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारण समूहका लागि कुल ४५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो ।निष्कासनमध्ये २ लाख ८१ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २ लाख ८१ हजार २५० कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ। लगानीकर्ताले...

धितोपत्र बोर्डका अध्यक्ष ‘जिम्मेवारीबाट पन्छिएको’ आरोप, लगानीकर्ता आक्रोशित
Capital Market

धितोपत्र बोर्डका अध्यक्ष ‘जिम्मेवारीबाट पन्छिएको’ आरोप, लगानीकर्ता आक्रोशित

काठमाण्डौ । पूँजीबजारको सर्वोच्च नियामक मानिने नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ जिम्मेवारीबाट पछि हटेको आरोप लगाउँदै सेयर लगानीकर्ताहरू आक्रोशित बनेका छन्।

धितोपत्र बोर्डका अध्यक्ष जिम्मेवारीबाट पन्छिएको लगानीकर्ताको आरोप
Capital Market

धितोपत्र बोर्डका अध्यक्ष जिम्मेवारीबाट पन्छिएको लगानीकर्ताको आरोप

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ जिम्मेवारबाट पछाडी हटेको भन्दै सेयर लगानीकर्ताहरु आक्रोसित बनेका छन् ।सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आयोजना गरेको धितोपत्र अभौतिकिकरण कार्य सन्चालन निर्देशिका, २०८२ को जानकारी कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहेका श्रेष्ठ उपस्थिती नभएपछी लगानीकर्ताहरु उनीमाथि खनिएका हुन् ।

लगानीकर्ताको हित सुनिश्चित गर्न ‘धितोपत्र अभौतिकिकरण कार्य सञ्चालन निर्देशिका २०८२’ तयार : पन्दाक
Capital Market

लगानीकर्ताको हित सुनिश्चित गर्न ‘धितोपत्र अभौतिकिकरण कार्य सञ्चालन निर्देशिका २०८२’ तयार : पन्दाक

सेयरबजारमा सामान्य सुधार, कारोबार रकम भने घटेर ५.१३ अर्बमा खुम्चियो
Capital Market

सेयरबजारमा सामान्य सुधार, कारोबार रकम भने घटेर ५.१३ अर्बमा खुम्चियो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयरबजारमा सामान्य वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०९ प्रतिशत अर्थात् २.४१ अंकले बढेर २,६१६.९७ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३६ प्रतिशतले बढेर ४५१.०५ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३२९ वटा कम्पनीका १ करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर किनबेच...

गोर्खाज हिमालयन हाईड्रोले आईपीओ निष्कासन गर्ने
Capital Market

गोर्खाज हिमालयन हाईड्रोले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । गोर्खाज हिमालयन हाईड्रो लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ । फागुन १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही फागुन २६ गते पुतलीसडकमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

प्रभु इन्स्योरेन्सको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

प्रभु इन्स्योरेन्सको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा कायममध्ये ११ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने इच्छा गरी आवश्यक व्यवस्था गरिदिन कम्पनी समक्ष निवेदन दिएकाले उक्त सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।  

सानिमा माई हाईड्रोपावरका दुईवटा जलविद्युत आयोजना पुनः सुचारु
Capital Market

सानिमा माई हाईड्रोपावरका दुईवटा जलविद्युत आयोजना पुनः सुचारु

काठमाण्डौ । सानिमा माई हाईड्रोपावर लिमिटेडद्वारा सञ्चालित दुईवटा जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु भएको छ । माई जलविद्युत केन्द्र (२२ मेवा) र माई क्यास्केड जलविद्युत केन्द्र (७ मेवा)बाट फागुन १० गतेदेखि पुनः विद्युत उत्पादन सुचारु भएको हो ।

एनएमबी लघुवित्तका सेयरधनीको हात यसपटक पनि रित्तै, लाभांश नदिने निर्णय
Capital Market

एनएमबी लघुवित्तका सेयरधनीको हात यसपटक पनि रित्तै, लाभांश नदिने निर्णय

काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने घोषणा गरेको छ । फागुन १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश नदिने निर्णय गरेको हो ।  

गुहेश्वरी मर्चेन्ट बैंकिङको सीईओमा अधिकारी नियुक्त
Capital Market

गुहेश्वरी मर्चेन्ट बैंकिङको सीईओमा अधिकारी नियुक्त

काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा जलज कुमार अधिकारी नियुक्त भएका छन् । फागुन ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

आशा लघुवित्तद्वारा ९.५०% बोनस सेयर डिम्याट खातामा जम्मा
Capital Market

आशा लघुवित्तद्वारा ९.५०% बोनस सेयर डिम्याट खातामा जम्मा

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि वितरण गर्ने घोषणा गरेको ९.५० प्रतिशत बोनस सेयर सेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको जनाएको छ।संस्थाले एक सूचना जारी गर्दै गत पुस ४ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित बोनस सेयर सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा अभौतिक रूपमा जम्मा गरिएको जानकारी दिएको हो। उक्त बोनस सेयर...

सुपर खुदी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम अवसर
Capital Market

सुपर खुदी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम अवसर

काठमाण्डौ । सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारणका लागि गत फागुन ५ गतेदेखि १२ लाख ८६ हजार ५ सय कित्ता सेयर जारी गरेको थियो ।कम्पनीले सामूहिक लगानी कोषका लागि ७७ हजार ५ सय कित्ता र कर्मचारीहरुका लागि ३१ हजार कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

‘गरिमा सुवर्ण योजना’को इकाई बिक्री फागुन २८ देखि
Capital Market

‘गरिमा सुवर्ण योजना’को इकाई बिक्री फागुन २८ देखि

काठमाण्डौ । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘गरिमा सुवर्ण योजना’को इकाई बिक्री यही फागुन २८ गतेदेखि हुने भएको छ । गरिमा विकास बैंक कोष प्रवद्धक र गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो ।  कुल निष्कासनमध्ये बीज पूँजीबापत ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र ९० लाख इकाई कोष प्रवद्र्धक गरिमा विकास...

स्वस्तिक लघुवित्तको लक इन अवधि आजदेखि समाप्त हुँदै
Capital Market

स्वस्तिक लघुवित्तको लक इन अवधि आजदेखि समाप्त हुँदै

काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि आजदेखि समाप्त हुँदैछ । सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको संस्थाको ११ हजार ५५० कित्ता सेयरको लक इन अवधि आजबाट समाप्त हुन लागेको हो ।

आईसीएफसी फाइनान्सको ऋणपत्रमा आजदेखि खरिद आवेदन दिन सकिने
Capital Market

आईसीएफसी फाइनान्सको ऋणपत्रमा आजदेखि खरिद आवेदन दिन सकिने

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले आजदेखि कुल ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता ‘८ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर’ जारी गरेको हो।निष्कासन गरिने कुल ऋणपत्रमध्ये ३ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी २ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.