७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक १.५४ अंकले बढेर २७८८.७० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३५१ कम्पनीको १ करोड २१ लाख ७४ हजार ५१६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.२६ प्रतिशत र निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले...

