सरकारले बर्खास्त गर्ने सूइँको पाएपछि राजीनामा दिए सेबोन अध्यक्ष श्रेष्ठले, पूँजीबजारकै कालो अध्याय लेखाए
काठमाण्डौ । विवादास्पद निर्णयहरु गरी कार्यकाललाई पूँजीबजारको अँध्यारो अध्यायको रुपमा दर्ज गरेका नेपाल धितोपत्र बोर्ड-सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । आज साँझ सेबोनको बोर्ड बैठक बोलाएर त्यसमै उनले आफूले राजीनामा गर्ने निर्णयमा पुगेको भन्दै सञ्चालक तथा सहयोगीहरुलाई धन्यवाद दिएका थिए ।

