दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्,‘उधारो कारोबारीले नाफा बुक गर्नु मुख्य कारण’
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५१ प्रतिशत अर्थात १४.०८ अंकले घटेर २ हजार ७१५.९१ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५४ प्रतिशतले घटेर ४५७.१२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता...

