लगातार दुई दिन बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजार बिस्तारै सम्हालिन खोज्दैछ’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.३५ प्रतिशत अर्थात ९.१९ अंकले बढेर २ हजार ६३१.४८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४३ प्रतिशतले बढेर ४५०.५६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर ६...

