सन नेपाल लाइफको हकप्रद सेयर बाँडफाँड, २.२४ लाख कित्ता अवितरित
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर बाँडफाँड भएको छ। कम्पनीद्वारा निष्कासन गरिएको २७ प्रतिशत हकप्रद सेयर असार १२ गते बाँडफाँड भएको हो । कम्पनीले गत वैशाख ४ गतेसम्म कायम सयेरधनीका लागि गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म प्रति सेयर रु.१०० अंकित दरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गरेको थियो ।

