आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ७ अर्ब ३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेको छ ।

