सर्वसाधारणका लागि हिमालयन बैंकको ४ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आम सर्वसाधारणका लागि संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल ४ लाख ८ हजार ५६२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर बैंकले यसअघि विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखेको थियो । तर उक्त अवधिभित्र कुनै आवेदन...

