दुई महिनाकै उच्च कारोबारसहित नेप्सेमा उछाल, जानकार भन्छन्, ‘बजार बुलिस यात्रामा’
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा उच्च अंकको वृद्धि आएको छ । आज नेप्से परिसूचक २ प्रतिशत अर्थात ५२.३६ अंकले बढेर २ हजार ६६५.४५ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९६ प्रतिशतले बढेर ४४८.८० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता सेयर ९...

