महालक्ष्मी विकास बैंकको ४% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा घोषित नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको छ । बैंकको पुस २९ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट पारित भएको ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको बैंक खातामा पुस २९ गतेदेखि नै जम्मा गरिएको हो ।

