गोर्खाज फाइनान्सको ९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले दुईजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि ९ हजार १४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो। सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

