तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसमूह घटेका छन् । जीवन बीम समूह ०.७६ प्रतिशत र निर्जीवन बीमा समूह ०.६२ प्रतिशतले घटेको छ...

