तीस वर्ष पूराना विनियमावलीको आधारमा सेयर कारोबार, सर्वसाधारण भने सधैं मारमा
काठमाण्डौ । धितोपत्र बोर्डले कम्पनी तथा कारोबार सदस्यहरुले पालना गर्नु पर्ने सदस्यता तथा सूचिकरण विनियमावलीहरु वर्षौदेखि संसोधन गरेको छैन । यसरी विनियमावली संसोधन हुन नसक्दा २०५२ सालमा बनेका विनियमावलीको आधारमा नै सेयर कारोबार भईरहेको छ । नेपाल स्टक एक्सचेञ्जको स्थपना २०५२ सालमा भएको थियो । त्यही समयमा नै कम्पनी सूचिकृत तथा सदस्यता विनियमावली बनेको थियो । त्यसपछि...

