कालिका लघुवित्तको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १० हजार ६४० कित्ता संस्थापक बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन् ।

