बिहीबार, कार्तिक २७,२०८२ 12:37:13
IME remit
  • बिहीबार, कार्तिक २७,२०८२ 12:37:13
यी ३ कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् मुख्य अजेण्डा
Capital Market

यी ३ कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज आशा लघुवित्त,रिडी पावर कम्पनी र मन्दाकिनी हाईड्रोपावरको साधारण सभा आयोजना हुन लागेको हो ।  यी ३ कम्पनीमध्ये आशा लघुवित्त र मन्दाकिनी हाईड्रोले लाभांश घोषणा गरेका छन् भने रिडी पावरले लाभांश नदिने निर्णय गरेको छ ।  आशा लघुवित्तआशा लघुवित्त वित्तीय संस्थाको ८ औं वार्षिक...

नेशनल हाईड्रो पावरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल
Capital Market

नेशनल हाईड्रो पावरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

काठमाण्डौ। नेशनल हाईड्रो पावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मुक्तिनाथ क्यापिटललाई मंसिर १६ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।  

ग्लोबल आइएमई बैंकको सेयरमूल्य समायोजन
Capital Market

ग्लोबल आइएमई बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमुल्य समायोजन भएको हो ।  

बोलिङ्गरको मध्यब्याण्डबाट तल खस्यो नेप्से, म्याक्डीमा पनि वियरिस क्रस
Capital Market

बोलिङ्गरको मध्यब्याण्डबाट तल खस्यो नेप्से, म्याक्डीमा पनि वियरिस क्रस

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेप्से ३१.३१ अंकले घटेर बन्द भयो । अघिल्लो दिनको तुलनामा आज बजार घट्दा कारोबार भने बढेको छ । यसले बजारमा बिक्री दबाब परेको देखिन्छ ।  प्राविधिक रुपमा बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजार बोलिङ्गर ब्याण्डबाट तल खसेको छ । तर आज नै मध्य ब्याण्ड छोडि हालको अबस्था भने होइन । म्याक्डीमा पनि आज वियरिस क्रसओभर बनेको छ । योसँगै आज हिस्टोग्राम...

खस्कँदो वित्तीय अवस्थाका बाबजुद सिमेन्ट कम्पनीमा लगानीकर्ताको आकर्षण, कुनको अवस्था कस्तो ?
Capital Market

खस्कँदो वित्तीय अवस्थाका बाबजुद सिमेन्ट कम्पनीमा लगानीकर्ताको आकर्षण, कुनको अवस्था कस्तो ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार सिमेन्ट कम्पनी सूचीकृत छन् । उत्पादन तथा प्रशोधन उपसमूहअन्तर्गत शिवम् सिमेन्ट, सर्वोत्तम सिमेन्ट, घोराही सिमेन्ट र सोनापुर मिनरल्स एण्ड आयल गरी चार सिमेन्ट कम्पनी रहेका छन् ।  धितोपत्र दोस्रो बजारमा यी चार सिमेन्ट कम्पनी निकै चर्चामा छन् । सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासनमा बुक बिल्डिङ विधिमार्फत र प्रिमियममा आइपीओ...

शीर्ष १० ब्रोकरमा ८ वटाबाट बिक्री, २ वटाबाट मात्रै खरिद
Capital Market

शीर्ष १० ब्रोकरमा ८ वटाबाट बिक्री, २ वटाबाट मात्रै खरिद

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेप्सेका १० शिर्ष ब्रोकरहरुमा ७ वटाबाट उच्च बिक्री भयो भने ३ वटाबाट मात्रै खरिद भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सार्वधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट ४८ करोड ३६ लाखको खरिद भएको छ भने ५२ करोड ६६ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३० करोडको खरिद भएको छ भने ३४ करोड ५२ लाखको बिक्री भएको छ ।  तेस्रो...

एसएमई प्लेटफर्ममा प्रधानमन्त्री कार्यालयको समेत चासो, अलमलमा धितोपत्र बोर्ड
Capital Market

एसएमई प्लेटफर्ममा प्रधानमन्त्री कार्यालयको समेत चासो, अलमलमा धितोपत्र बोर्ड

काठमाण्डौ । नेपालको सेयर बजारमा थोरै कित्ता भएका कम्पनीका सेयरमूल्यमा व्यापक चलखेल हुने गरेको पाइएको छ । यही चलखेल रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विशेष प्लेटफर्मका रुपमा एसएमई इन्डेक्स बनाउन अध्ययन सुरु गरेको तीन बर्ष भन्दा बढी बितिसकेको छ । तर नियामक निकाय धितोपत्र बोर्ड नै यस विषयमा लामो समयदेखि अल्झिएको छ ।  प्रधानमन्त्री कार्यालयले यस बिषयमा चासो देखाएपछि...

२७ सय विन्दुबाट झर्यो नेप्से, जानकार भन्छन्, ‘लगानीकर्तामा आत्मविश्वासको कमी’
Capital Market

२७ सय विन्दुबाट झर्यो नेप्से, जानकार भन्छन्, ‘लगानीकर्तामा आत्मविश्वासको कमी’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.१५ प्रतिशत अर्थात ३१.३१ अंकले घटेर २ हजार ६८०.४४ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.१५ प्रतिशतले घटेर ४७२.९७ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको १ करोड ८४ लाख ७४ हजार २४...

नेप्सेद्वारा धितोपत्र व्यापारीका लागि कारोबारयोग्य कम्पनीको नामावली सार्वजनिक, कुन–कुन परे ?
Capital Market

नेप्सेद्वारा धितोपत्र व्यापारीका लागि कारोबारयोग्य कम्पनीको नामावली सार्वजनिक, कुन–कुन परे ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्सेले)धितोपत्र व्यापारीहरुको लागि कारोबार योग्य कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ।  जसमा ११२ वटा सूचीकृत कम्पनी परेका छन्। कुल कम्पनीमध्ये १९ वटा वाणिज्य बैंक र ९ वटा विकास बैंक, ५ वटा फाइनान्स, २६ वटा लघुवित्त संस्था, ७ वटा जीवन बीमा ,११ वटा निर्जीवन बीमा, ६ वटा लगानी समूह, २ वटा उत्पादन समूह, २५ वटा जलविद्युत र २ वटा अन्य समूहका कम्पनी...

समृद्धि फाइनान्सको २३ औं साधारण सभा सम्पन्न
Capital Market

समृद्धि फाइनान्सको २३ औं साधारण सभा सम्पन्न

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको २३ औं साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा मकवानपुरको हेटौंडामा रहेको होटेल एभोकाडोमा सम्पन्न भएको हो । 

बोटलर्स नेपाल(तराई)द्वारा लाभांश घोषणा
Capital Market

बोटलर्स नेपाल(तराई)द्वारा लाभांश घोषणा

काठमाण्डौ । बोटलर्स नेपाल(तराई) लिमिटेडले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।  

निफ्राले आर्जन गर्यो रु.३५.०९ करोड, आम्दानी र ईपीएसको कस्तो छ अवस्था ?
Capital Market

निफ्राले आर्जन गर्यो रु.३५.०९ करोड, आम्दानी र ईपीएसको कस्तो छ अवस्था ?

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीले  समीक्षा अवधिसम्ममा ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।अघिल्लो आवको पहिलो त्रैमाससम्ममा कम्पनीले ४१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यसरी कम्पनीको खुद नाफामा १५.२२ प्रतिशतको गिरावट आएको छ ।  

छ्‌याङदी हाइड्रोपावरले एकैपटक दुई आवको साधारण सभा आयोजना गर्ने
Capital Market

छ्‌याङदी हाइड्रोपावरले एकैपटक दुई आवको साधारण सभा आयोजना गर्ने

काठमाण्डौ । छ्‌याङदी हाइड्रोपावरले दुई आवको साधारण सभा एकैपटक आयोजना गर्ने भएको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले १० औं र ११ औं वार्षिक साधारण सभा आगामी पुस ५ गते काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान ९ बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो ।  सभामा कम्पनीले आव २०७९/८० तथा २०८०/८१ मा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा भएको...

सोल्टी होटलको साधारण सभा पुसमा हुने, लाभांश पारित मुख्य अजेण्डा
Capital Market

सोल्टी होटलको साधारण सभा पुसमा हुने, लाभांश पारित मुख्य अजेण्डा

काठमाण्डौ । सोल्टी होटल लिमिटेडको ५० औं वार्षिक साधारण सभा आगामी पुस ४ गते आयोजना हुने भएको छ । गत कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ४ गते काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा भौतिक अपस्थिती तथा भर्चुअल भिडियो कनफ्रेन्समार्फत समेत सहभागीता जनाउन सकिने कम्पनीले जनाएको छ ।...

एनएमबि लघुवित्तको सेयर संरचना परिवर्तन, सर्वसाधारण र संस्थापकको स्वामित्व कति ?
Capital Market

एनएमबि लघुवित्तको सेयर संरचना परिवर्तन, सर्वसाधारण र संस्थापकको स्वामित्व कति ?

काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम भएको छ ।  संस्थामा संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर संख्या ४३ लाख २८ हजार ६९५.०४ कित्ता र सर्वसाधारण सेयरधनीको स्वामित्वमा २८ लाख ८५ हजार ७९६.४४ कित्ता सेयर...

हिमालयन लघुवित्तले डाक्यो साधारण सभा, लाभांशको छैन कुनै अजेण्डा
Capital Market

हिमालयन लघुवित्तले डाक्यो साधारण सभा, लाभांशको छैन कुनै अजेण्डा

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको छ । बैठकले संस्थाको १३ औं वार्षिक साधारण सभा आगामी मंसिर २७ गते काठमाण्डौको त्रिपुरेश्वरमा रहेको बोगनभिल्ला इभेन्ट्समा बिहान १० बजेदेखि आयोजना गर्ने निर्णय गरेको छ ।  उक्त सभामा संस्थाको नियमावलीमा आवश्यक संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन...

कुमारी बैंकको १.३१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको १.३१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ३१ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।  बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।  

यी दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

यी दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि मंसिर ८ गते बुक क्लोज गर्दैछन् ।  

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
Capital Market

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।  संस्थाको २२८ औं वैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत) गरी कुल ७ प्रतिशत लाभांश वितरणको प्रस्ताव...

श्वेत गंगा हाईड्रोपावरको साधारण सभा आज बस्दै
Capital Market

श्वेत गंगा हाईड्रोपावरको साधारण सभा आज बस्दै

काठमाण्डौ । श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको ८ औं साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको उक्त सभा काठमाण्डौको सुकेधारामा रहेको सेलिब्रेशन हाइटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको कुनै पनि प्रस्ताव नगरेकाले सभामा लाभांशको अजेण्डा पेश हुने छैन । सभामा कम्पनीको सञ्चालक समितिको ८ औं वार्षिक प्रतिवेदनमाथि छलफल...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.