ट्रेड टावरको आईपीओमा आवेदन दिने समयावधि थप
काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले गत जेठ १४ गतेदेखि आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको छ । यो आईपीओमा आवेदन दिने आज अन्तिम दिन भएता पनि आइतबार भोटो देखाउने जात्राको सार्वजनिक बिदा परेकाले आवेदन दिने समय थप गरिएको हो । कम्पनीले कुल ३२ लाख ९६ हजार ५०५.१९ सय कित्ता आईपीओ जारी गरेको छ ।...

