काठमाण्डौ । यो साता सेयर बजार ४.५१ प्रतिशतले बढ्यो । यो साता केही कम्पनीका लगानीकर्ताले आकर्षक आम्दानी गरे ।
एक साताको अवधिमा लगानीकर्ताहरुले ४६ प्रतिशतसम्म आम्दानी गरे । ओम मेगाश्री फर्मास्युटिकल्सका लगानीकर्ताहरुले यो साता ४६.३९ प्रतिशतले आम्दानी गरेका छन् ।
त्यसैगरि, बुटवल पावरका लगानीकर्ताहरुले २२.८१ प्रतिशत, भूगोल इनर्जीका लगानीकर्ताहरुले १८ प्रतिशत , कर्पोरेट डेभलपमेन्टका लगानीकर्ताहरुले १६.४९ प्रतिशत, ग्रिन डेभलपमेन्टका लगानीकर्ताहरुले १५.८५ प्रतिशत , उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताहरुे १२.६२ प्रतिशत र युनिभर्सल पावर लगानीकर्ताहरुले करिव १० प्रतिशत आम्दानी गरे ।
यस्तै ग्लोबल आइएमई बैंकका लगानीकर्ताहरुले ७ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले ६.२७ प्रतिशत आर्जन गरे ।