७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु महालक्ष्मी लाइफ
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.९७ अंकले घटेर २६४६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१३ कम्पनीको १ करोड ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.३१ प्रतिशत र निर्जीवन बीमा समूह ०.३९ प्रतिशतले घटेको छ । आज...

