आईतवार, फाल्गुन ३,२०८२ 02:29:05
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 02:29:05
Bizshala
Global IME Bank Limited

बोर्डका अध्यक्षलाई तीन लगानीकर्ता संघले बुझाए ज्ञापनपत्र, बजार पारदर्शी र दिगो हुनेमा लगानीकर्ता विश्वस्त

बोर्डका अध्यक्षलाई तीन लगानीकर्ता संघले बुझाए ज्ञापनपत्र, बजार पारदर्शी र दिगो हुनेमा लगानीकर्ता विश्वस्त
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई सेयर लगानीकर्ताहरुले ज्ञापनपत्र बुझाएका छन् । सेयर लगानीकर्ता संघ नेपाल, पूँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पूँजीबजार लगानीकर्ता संघका पदाधिकारीहरुले आज अध्यक्ष श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।  

आइपीओ प्रक्रियालाई पारदर्शी बनाउन ९० रुपैयाँभन्दा कम नेटवर्थ भएको कम्पनीको प्रस्तावलाई पुनरावलोकन गर्ने, हाइड्रो कम्पनीको संस्थापकहरुले आयोजना सम्पन्न नहुँदै सेयर बिक्री गर्ने प्रवृत्तिमा रोक लगाइने नीति, सेयरबजारमा भइरहेका अनैतिक क्रियाकलापलाई निर्ममतापूर्वक नियन्त्रण र बजारलाई निष्पक्ष, पारदर्शी तथा सुशासित बनाउने उद्देश्यले काम अघि बढाइएको जस्ता विषयले नेपालको पूँजी बजारलाई पारदर्शी, दिगो र विश्वसनीय बनाउने कुरामा लगानीकर्ताहरु विश्वस्त रहेको ज्ञापनपत्रमा उल्लेख छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

साथै अध्यक्ष श्रेष्ठको दीर्घ अनुभव, स्पष्ट दृष्टिकोण र दूरदर्शी नेतृत्वले नेपालको पूँजीबजार क्षेत्रलाई नयाँ उचाइमा पुर्याउनेनेमा लगानीकर्ताहरु विश्वस्त रहेको समेत उल्लेख गरिएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

लगानीकर्ताहरूले बोर्डलाई एक अभिभावक संस्थाको रूपमा अनुभूति गर्न सकून, पारदर्शिता, सुशासन र लगानीमैत्री वातावरणको विकास, नवीनतम प्रविधिको प्रभावकारी प्रयोग, नीतिगत स्पष्टता र सुदृढ नियमनमार्फत बजारमा विश्वास र स्थायित्वको जग बसोस भन्ने लगानीकर्ताहरुले अपेक्षा गरेका छन् ।

 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.