काठमाण्डौ । आज दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी दुई कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
नेशनल लाइफ इन्स्योरेन्सले गत आवका लागि १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीले आगामी असार ५ गते बिहान साढे १० बजे काठमाण्डौको लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा ३७ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट अनुमोदन भएपश्चात सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।
यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीले २.५० प्रतिशत बोनस सेयर र ०।१३१५७९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले जेठ २९ गते बिहिबारका दिन काठमाण्डौ बालुवाटारमा रहेको आम्रपाली ब्याङक्वेटमा १९ औँ वार्षिक साधारण सभा डाकेको छ ।