८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एलआइसी नेपाल र हिमालयन रि का लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २.७० अंकले घटेर २८१८.४३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१० कम्पनीको १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १० करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.८० प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.०४ प्रतिशतले...

