काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले संस्थापक सेयरधनी हविव बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखेको छ । हविव बैंकले मूल्य तोकी एकमुष्ट सम्पूर्ण संस्थापक सेयर अर्थात २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएकाले उक्त सेयर बिक्रीमा राखिएको हिमालयन बैंकले जनाएको छ ।
यो सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । यस्तो आवेदन काठमाण्डौको कमलादीमा रहेको बैंकको कानून विभागमा पेश गर्नुपर्नेछ ।
सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ११२.८० रुपैयाँ निर्धारण गरिएको छ ।
उक्त निर्धारित मितिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।