रोकिएन नेप्सेको ओरालो यात्रा,‘साना लगानीकर्ता आत्तिदा बजारमा दबाब’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.०६ प्रतिशत अर्थात ५५.८६ अंकले घटेर २ हजार ६४६.०३ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१९ प्रतिशतले घटेर ४६९.१८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको २ करोड १० लाख ४८ हजार ९११...

