दोर्दी खोला जलविद्युतको सीईओमा पुडासैनी नियुक्त
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उमेश पुडासैनी नियुक्त भएका छन् । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले पुडासैनीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

