स्वरोजगार लघुवित्तको एफपीओमा ११९.८४ गुणा बढी आवेदन, साढे १८ लाखको बढीको हात खाली हुने
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओमा अन्तिमदिनसम्म ११९.८४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आजसम्म कम्पनीको एफपीओमा १८ लाख ८२ हजार ४२२ जनाले आवेदन दिएका छन् । संस्थाको एफपीओमा २ अर्ब ३४ करोड ६२ लाख ९८ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन परेको हो ।

