सेबोनद्वारा सिद्धार्थ सिस्टेमेटिक इन्भेस्टमेन्ट स्किमको थप ५ करोड इकाई निष्कासन गर्न स्वीकृती
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ सिस्टेमेटिक इन्भेस्टमेन्ट स्किमलाई थप इकाइ जारी गर्न स्वीकृती प्रदान गरेको छ । बोर्डले सिद्धार्थ क्यापिटललाई सिस्टेमेटिक इन्भेस्टमेन्ट स्किमको थप ५ करोड इकाई जारी गर्न असोज २२ गते अनुमति प्रदान गरेको हो ।

