चार महिनामा रु.३.६७ अर्बको बोनस सेयर सूचीकृत
काठमाण्डौ । चालु आर्थिक वर्षको चार महिनासम्ममा साढे ३ अर्ब रुपैयाँको बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिसम्म विभिन्न कम्पनीको ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो । त्यस्तै, चालु आवको चार महिनामा ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर सूचीकृत भएको छ । राष्ट्र बैंकका अनुसार सो अवधिसम्म ४७ करोड...

