सानिमा रिलायन्स लाईफको लाभांश घोषणा
काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको हो । बैठकले आव २०८०/८१ को सञ्चित मुनाफाबाट १८.३८११ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ ।

