उकालो लाग्यो युरोपेली सेयर बजार, लगानीकर्ताको नजर अमेरिकी अर्थतन्त्रमा
काठमाण्डौ । विश्व सेयर बजार छिट्टै प्रकाशित हुने अमेरिकी मुद्रास्फितीको आकँडमा केन्द्रित बन्दा युरोपको बजार भने बढेको छ । बुधबार युरोपको सेयर बजार पान–युरोपियन स्टकएक्स६०० इन्डेक्स ०.१३ प्रतिशतले बढेको छ । आज अधिकांश समूहले हरियालीका साथ कारोबारको सुरुवात गरेका छन् । टेक समूह १ं१ प्रतिशत र हेल्गकेयर ०.५ प्रतिशतले बढेका छन् ।

