वर्कशायर हाथवे १ ट्रिलियन डलर क्लबमा प्रवेश
काठमाण्डौ । दिग्गज अमेरिकी सेयर लगानीकर्ता वारेन बफेटको कम्पनी, बर्कशायर हाथवे अमेरिकाको १ ट्रिलियन डलर क्लबमा प्रवेश गरेको छ । हाथवेको बजार पूँजीकरण पहिलोपटक १ ट्रिलियन डलर पुगेको हो । यससँगै हाथवे १ ट्रिलियन डलर बजार पूँजीकरण पुग्ने पहिलो गैर प्राविधिक कम्पनी बनेको छ ।

