निफ्राद्वारा पुसमा साधारण सभा आयोजना गर्ने निर्णय, बुक क्लोज कहिले ?
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले साधारण सभाको मिति,समय र स्थान तय गरेको छ । बैंकको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले छैटौं साधारण सभा डाकेको हो । उक्त सभा आगामी पुस ४ गते काठमाण्डौको बबरमहल हाइटमा रहेको कार्की ब्याङक्वेटमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

