सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेशनल लाइफ
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३०९ कम्पनीको २ करोड २० लाख ४७ हजार ३२७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६२ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेको सबै उपसूचकमा आज हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएका छन् । जीवन बीमा समूह २.०५ प्रतिशतले...

