तारागाँउ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा
काठमाण्डौ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको हो । बैठकले उक्त अवधिका लागि लगानीकर्ताहरुलाई ११ प्रतिशत नगद लाभांश(कर बाहेक) प्रदान गर्ने निर्णय गरेको छ ।

