किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले दुई जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १३ हजार ९१० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जोसुकै व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।

