एनएमबि बैंकको १.८० लाख कित्ता संस्थापक सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडको लिलामीमा राखिएको संस्थापक समूहको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर गत मंसिर ९ गतेदेखि लिलामीमा राखेको थियो ।

