नेप्सेमा सामान्य अंकको गिरावट, जानकार भन्छन्, ‘स्वभाविक करेक्सन’
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.३० प्रतिशत अर्थात ८.३० अंकले घटेर २ हजार ७४८.०५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले घटेर ४७७.५० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर ८...

