नेप्सेमा १.४५ करोड कित्ता सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा १ करोड कित्ता बढी हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सिंगटी हाईड्रो इनर्जी लिमिटेडको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा १ करोड कित्ता बढी हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सिंगटी हाईड्रो इनर्जी लिमिटेडको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक बिष्णु कुमार अग्रवालले हस्ताक्षर गरेका हुन् । पाल्पा सिमेन्टको प्रति कित्ता १०० रुपैयाँ अंकित दरका ७५ लाख कित्ताबराबर हुन आउने ७५ करोड...
काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुईवटा कम्पनीको साधारण सभा आयोजना हुँदैछ । आज प्रभु बैंक र रिभर फल्स पावरको साधारण सभा आयोजना हुन लागेको हो । प्रभु बैंक प्रभु बैंकको २२ औँ वार्षिक साधारण सभा काठमाण्डौको बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सभा आयोजना हुँदैछ । उक्त सभामा आव २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।...
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो । बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी ४ अर्ब रुपैयाँको २५ प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगल लाभांश(करसहित) गरी कुल ३४.५० प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा २६३.३७ प्रतिशतको उछाल आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा २ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले ७७ लाख ७ हजार मात्रै खुद नाफा कमाएको थियो । नाफासँगे संस्थाको खुद ब्याज आम्दानीमा समेत वृद्धि भएको छ । तेस्रो त्रैमाससम्म संस्थाले २० करोड ७३ लाख...
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ८४६.२९ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ३० लाख मात्रै खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि बढेको छ ।...
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनी एनआईसी एशिया बैंकले सूर्यज्योति लाइफको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ। कम्पनीको सञ्चालक समितिको ४३४ औँ बैठकको निर्णय बमोजिम कम्पनीको २८ औँ वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो । उक्त सभा तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा आयोजना हुनेछ। सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांस गरी कुल ५ प्रतिशत लाभांस...
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सेयर बजारमा लगानी बढाएको छ । कम्पनीले गत आर्थिक वर्षमा सूचीकृत कम्पनीको सेयरमा कुल १ अर्ब १७ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी अघिल्लो आव २०७८/७९ को तुलनामा ४४.५७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले कुल ८१ करोड ४५ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेको थियो । गत आवमा कम्पनीले ६३ वटा कम्पनीको सेयरमा लगानी गरेको छ, भने...
काठमाण्डौ । तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले २०७५ सालमा नयाँ टीएमएसको उद्घाट्न गरेका थिए । त्यो समयमा सेयरबजार ११ सय विन्दुतिर चल्दै थियो । त्यसबेला दिनमा ५० करोडको कारोबार पनि ठूलो मानिन्थ्यो । त्यही समयमा नेप्सेले अबको ५ वर्षमा ५ लाख लगानीकर्ता हुन सक्ने प्रक्षेपण गरेको थियो ।त्यस लगत्तै आएको कोरोना महामारीले यी सबै परिदृश्यहरु एकाकए बदलिदियो । सेयर बजारमा प्रवेश...
काठमाण्डौ । चैत महिनामा म्युचुअल फण्डहरुको प्रतिइकाई खुद मूल्य (न्याभ)घटेको छ । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डमध्ये प्रभु स्मार्ट फण्डबाहेक सबै फण्डको न्याभ घट्न पुगेको छ । चैत महिनामा सेयरबजार निरन्तर घट्न पुग्दा म्युचुअल फण्डहरुको न्याभसँगै नाफा समेत प्रभावित बन्न पुगेको छ । चैतमा घट्दो बजारको अवस्थाले सेयर लगानीकर्ताहरुमा उच्च मनोबल नआउँदा वा लगानीकर्तामा...
काठमाण्डौं । अघिल्लो साता आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुले सरकारसँग वार्ताका लागि १७ बुँदे मागहरुको मस्यौदा तयार गरेका छन् । लगानीकर्ताहरुले सरकारको आग्रहमा एकदिन(गत शनिवार) प्रदर्शनपछि आन्दोलन स्थगन गरेका थिए । वार्ता समितिका एक सदस्यले दिएको जानकारी अनुसार ढिलोमा शुक्रबारसम्ममा अर्थमन्त्रीसँग लगानीकर्ताहरुको वार्ता हुनेछ । लगानीकर्ताहरुले बिहीबार नै...
काठमाण्डौ । सोपान मल्टिपल कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने कार्यका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा रुपमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । वैशाख १८ गते सम्पन्न भएको बिक्री प्रबन्धक नियुक्ती सम्झौतामा सोपान मल्टिपल कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष डा.ई.ताराप्रसाद पोखरेल र एनएमबी...
काठमाण्डौ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको ११ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नयाँ समायोजित मूल्य अनुसार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७२९.७३ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८१० रुपैयाँका साथ कारोबार बन्द...
काठमाण्डौ । नेपाल इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख १८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ ४ गतेका लागि विशेष साधारण सभा डाकेको हो । उक्त सभा नेपाल पज्ञा प्रतिष्ठानमा बिहान ११ बजे आयोजना हुनेछ । उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४०...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ९७ हजार १५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयर खरिद गर्ने पहिलो हक संस्थापक सेयरधनीको हुने भएकाले संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएको...
काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेड १५ करोड ११ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी घाटामा देखिएको हो । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४.९० प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको घाटा १५ करोड ८९ लाख रुपैयाँ थियो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४३ करोड ४९ लाख रुपैयाँ...
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले संस्थापक सेयरधनीका साथै बैंकको संस्थापक हुन योग्य प्रचलित कानूनको अधिनमा रहि अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने जनाएको छ । इच्छुक संस्थापक...
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको लक इन अवधि समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ६८ हजार ७५० कित्ता सेयरको लक इन अवधि जेठ १९ गते सकिन लागेको जनाएको हो । कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ गत मंसिर २० गते बाँडफाँड गरेको थियो । आगामी जेठ १९ गते उक्त साधारण...
काठमाण्डौ । आज अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै छ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।नेपालमा पनि विभिन्न मजदूर संगठनले कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् । विसं २००७ मा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.