एनएमबि लघुवित्तको सेयर स्वामित्व संरचना परिवर्तन हुने, सर्वसाधारण समूहको हिस्सा १०% बढाइने
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर स्वामित्व संरचना परिवर्तन हुने भएको छ । संस्थाले संस्थापक समूहमा रहेको १० प्रतिशत सेयरलाई सर्वसाधारणमा परिणत गर्न लागेको हो । यसपश्चात संस्थामा संस्थापक समूहको हिस्सा ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम हुनेछ । हाल भने संस्थामा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ ।...

