सामान्य अंकले बढ्यो नेप्से, जानकार भन्छन्,‘करेक्सन फेज सकिसक्यो तर असारको दबावले देखिएन गति’
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२७ प्रतिशत अर्थात ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०५ प्रतिशतले बढेर ३६५.०२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा कम्पनीको ९४ लाख ३५ हजार ४५४ कित्ता सेयर ४ अर्ब १८ करोड...

