संसदको अर्थसमितिका सभापति भन्छन्-'पूँजीबजारमा सानालाई फसाउने खेल भयो, यो रोकिनुपर्छ'
काठमाण्डौ । प्रतिनिधिसभाको अर्थसमितिमा पूँजीबजारका पछिल्ला समस्याहरुको विषयमा आज छलफल हुने भएको छ । अर्थसमितिकी सचिव रेखा उपाध्यायका अनुसार पूँजीबजारको समसामयिक विषयमा छलफल गर्ने अजेण्डासहित बिहान ११ बजेदेखि बैठक बोलाइएको छ । बैठकमा सांसदहरुले पूँजीबजारको विषयमा पछिल्ला समय उठेका सवालहरुमा केन्द्रीत रही आफ्नो विचार व्यक्त गर्नेछन् ।

