बोलिङ्गरको मध्य ब्याण्डबाट माथि लाग्यो नेप्से, २६६० विन्दुमा यसकारण छ बलियो सपोर्ट
काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा ३३ अंकले बढेर बन्दा हुँदा ७ अर्ब ४४ करोड रुपैयाँबराबरको कारोबार भएको छ । आज सूचक बढ्दा कारोबार पनि बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा केही दिन पहिले मध्य ब्याडबाट तल खसेको बजार आज पुनःमाथि लागेको छ ।

