नेप्सेमा झिनो अंकको सुधार, ‘सेक्टर रोटेसन हुँदै चलेको बजारमा फाइनान्स समूह चम्कियो’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.१५ प्रतिशत अर्थात ३.२१ अंकले बढेर २०६६.१६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१० प्रतिशतले बढेर ३६४.८१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा कम्पनीको १ करोड ७ लाख ७ हजार ८७८ कित्ता सेयर ५ अर्ब ७ करोड...

