अपर हेवाखोला हाईड्रोपावरको स्थगित साधारण सभाको मिति तय, यस्ता छन् मुख्य अजेण्डा
काठमाण्डौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभाको मिति पुनः तय गरेको छ । कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले १२ औं वार्षिक साधारण सभा डाकेको हो । यसअघि गत चैत १६ गते आयोजना हुने भनिएको उक्त सभा विशेष कारणवश स्थगित भएको थियो । अब भने कम्पनीको उक्त साधारण सभा आगामी असार २६ गते काठमाण्डौको गौशालामा रहेको तारकेश्वर पार्टी प्यालेसमा...

