भारतको सेयर बजारले बनायो नयाँ रेकर्ड, फेडरल रिजर्भको ब्याजदरको प्रभाव
काठमाण्डौ । भारतको सेयर बजार पुनःनयाँ उचाईमा पुगेको छ । लोकसभा निर्वाचनको मतपरिणाम र नयाँ सरकार गठन भएसँगै भारतको सेयर बजारले दैनिक नयाँ रेकर्ड कायम गरिरहेको छ । आज भारतको सेन्सेक्स इन्डेक्स कारोबारको क्रममा ७७ हजार १४५ विन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च हो । साथै आज निफ्टी पनि २३ हजार ४८१ विन्दुमा पुगेको छ । आज बजार खुल्नै वित्तीकै सेन्सेक्स इनडेक्स ४०० अंकले...

