अपि पावरको सञ्चालकमा चालिसे र कोइराला नियुक्त
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको सञ्चालकमा दुई जना नियुक्त भएका छन् । जेठ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमाा दुई जनालाई नियुक्त गरेको हो । कम्पनीको सञ्चालक समितिको सञ्चालकमा नियुक्त हुनेमा शाश्वत चालिसे र मधुसुदन कोइराला रहेका छन् ।

