लगातार ५ दिन बढ्यो नेप्से, ‘स्मार्ट मनि बजार पस्दा देखिन थाल्यो सुधार’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १ प्रतिशत अर्थात २१.२७ अंकले बढेर २ हजार १४०.९७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९३ प्रतिशतले बढेर ३७८.२२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर ६...

