जोसुकै भए पनि सहकारी ठगलाई कानूनी कारवाही गरिन्छः प्रधानमन्त्री
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारवाही गर्ने बताएका छन् । प्रधानमनत्री ओलीले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारी उपर कानुनी कारवाही अघि बढाउछौं । जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारवाही गर्ने छौं । आज यहाँ...

